दार्चुला /दार्चुला को व्यास गाउँपालिका–६ बडुगाउँका ५८ वर्षीय सुनादत्त बडु मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार उनी घर नजिकै गोठालो गएका थिए। बेलुकासम्म घर नफर्किएपछि परिवार र स्थानीयवासीले खोजी सुरु गरेका थिए।
खोजतलासका क्रममा बुधबार राति घरदेखि करिब एक किलोमिटर टाढा उनी मृत अवस्थामा भेटिएका हुन्।
घटनाको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











