डोटी, १८ कात्तिक,
डोटीको सायल गाउँपालिका–४ खाली खोलामा विहिबार बिहान बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा जिल्लाकाे आदर्श गाउँपालिका ७ तल्ला ५४ वर्षीय हरिदेवी कापडी, सायल गाउँपालिका २ ओखट्टे बस्ने दिल्ली राज ओझा, साेहि ठाउँका ४० वर्षिय भोज राज ओझा, उनका छाेरा ११ वर्षिय आमत ओझा, साेहि ठाउँ सुन्न बस्ने ४३ वर्षीय, टेक राज ओझा रहेका छन् ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
सायलबाट दिपायलतर्फ आइरहेको सुपु ०१–००१ च ४२५० नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
जीप चालक कञ्चनपुर पुनर्वास-२ का २८ वर्षीय ईश्वर थापा प्रहरी नियन्त्रणमा रहेका छन्। चालक भने सकुशल छन्।
घटनापछि प्रहरी सहायक दान सिंह कार्कीको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।











