सिलगढी, मंसिर १५
दक्षिण–पश्चिम बंगालको खाडीमा सक्रिय बनेको चक्रवात ‘दित्वा’का कारण हाल नेपालका धेरै प्रदेशमा हल्का मौसमीय प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार चक्रवातको आंशिक असरले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रसँगै कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखिएको छ। अन्य भूभाग भने प्रायः सफैँ रहेको उल्लेख छ।
दिउँसोतिर पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा केही बदली रहने र बाँकी ठाउँमा खुला मौसम रहने अनुमान गरिएको छ।
यस्तै, रातिको पूर्वानुमानमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने तथा अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको हो।











