डोटी, कात्तिक २७ —
डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा एक पुरूष मृत फेला परेका छन् । स्थानीय वडा नम्बर ५ अत्तरकाँडाका ६८ वर्षीय दानसिंह कोत्केनी मृत अवस्थामा फेला परेका छन्।
उनकाे परिवारका अनुसार कोत्केनी कात्तिक २६ गते दिउँसो करिब १२ बजे घरबाट तरकारी बेच्न भनी स्थानीय बागछेडा बजारतर्फ गएका थिए। तर, आज बिहान करिब ११ बजे बडीकेदार गाउँपालिका–४ भिरचौतारीस्थित विपिनगर–बागछेडा सडकखण्डको किनारमा उनी मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे जानकारी स्थानिय बिमल बोहराले टेलिफोनमार्फत प्रहरीलाई गराएपछि प्रहरी चौकी खड्यौलीबाट प्रहरी निरीक्षक बिक्रम डगौराको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। त्यसैगरी, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय विपिनगरबाट प्रहरी निरीक्षक बिरबहादुर बोहराको कमाण्डमा पाँच जनाको टोली समेत खटिएको डोटी प्रहरीले जनाएको छ।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











