डोटी — डोटीको आदर्श गाउँपालिका–६ बबिना स्थित सेती नदी किनारमा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, मंगलबार बिहान करिब ११:२५ बजेतिर नदी किनारमा बेवारिसे शव रहेको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी निरीक्षक धनञ्जय कुमार मल्लको कमाण्डमा खटिएको टोलीले दिउँसो ३:३५ बजे घटनास्थलमा पुग्दा करिब ५०–५२ वर्षकी महिलाको शव नदी किनारमा उत्तानो अवस्थामा फेला परेको जनाएको छ।
महिलाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।











