कैलाली — टीकापुर नगरपालिका–९ खक्रौलबाट दुई जना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ नक्लिपुरका १९ वर्षीय शैलेश चौधरी र उनका एक साथीसमेत रहेका छन्। उनीहरूलाई तीन सय मिलिग्रामको प्रतिबन्धित लागुऔषध सहित बुधबार दिउँसो पक्राउ गरिएको हो।
उनीहरूलाई प्रहरीले प्रहरी चौकी कालाकुण्डबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
नेपाल प्रहरीले पक्राउ परेका दुवैजनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ।











