बैतडी, बैतडी जिल्लाको सिगास गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १ बजे सिगास गाउँपालिका–३, सिन्याखेत नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
जुडाखोलाबाट बालुवा लिएर गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ट १३८१ नम्बरको ट्याक्टर गर्जे सडकखण्डमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परि सिगास–३ निवासी करिब ७० वर्षीय हरुवा साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।
दुर्घटनास्थल सदरमुकामबाट निकै टाढा भएकाले इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोली घटनास्थलतर्फ गइरहेको तर अझै बाटोमै रहेको प्रहरी कार्यालयले जनाएको छ।











