कैलाली – कैलालीको भजनी नगरपालिका–४ मा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया फूलबासनी चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ।
बिहीबार दिउँसो खैलाड क्षेत्रमा बा १७ च ५९६ नम्बरको कारले सडक पार गर्दै गरेका दुई पैदल यात्री – फूलबासनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी फूलबासनीलाई सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याइएको भए पनि साँझ उपचारकै क्रममा निधन भएको हो।
दोस्री घाइते आसिया चौधरीको अवस्था सामान्य रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ।
सो कार चालक लम्की–चुहा नगरपालिका–२ का २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएर घटना सम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।











