कञ्चनपुर — भीमदत्त नगरपालिका–१२ पिपरैयास्थित एक पसलमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्। सोही नगरपालिका–१३ बस्ने ३५ वर्षीय सुरेन्द्र बोहराको पसलमा जुवातास खेलिरहेका उनीहरूलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सुरेन्द्रसहित ११ जनालाई नगद ५४ हजार ४ सय ९१ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।











