
कैलाली — जोशीपुर गाउँपालिका–७ घैलाबौनियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय ३६ वर्षीय मिलन डगौराको सोमवार विद्युत् प्रवाह लागेर मृत्यु भएको हो।
प्रहरीका अनुसार डगौराले घर नजिकैको नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।