युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारत हुँदै नेपाल प्रवेश गर्ने क्रममा रहेकाले आगामी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि तीव्र हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको प्रभाव विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी देखिनेछ। विभागले नारायणी, बागमती, कमला र कोशीसहितका नदीहरू तथा तिनका सहायक नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र खतरा तह आसपास पुग्न सक्ने चेतावनी दिएको छ।

त्यस्तै महाभारत र चुरे भेगबाट बग्ने स–साना नदी–नालामा पनि आकस्मिक बहाव हुने सम्भावना रहेको विभागले जनाएको छ।
विशेष जोखिम हुने क्षेत्रका रूपमा बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन; कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ; र मधेश प्रदेशको वारा, पर्सा, सर्लाही, रौतहटलाई औंल्याइएको छ।

हाल नेपालमा मनसुन पूर्णरूपमा बाहिरिन बाँकी रहेको र वर्षा अझै जारी रहने विभागले जनाएको छ। विभागले मौसम र वर्षाको अवस्थाबारे अद्यावधिक जानकारी आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री सेवा ११५५ र एसमेस मार्फत उपलब्ध गराइरहेको छ।

यसैबीच, विभागले आमसर्वसाधारणलाई सतर्क रहन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई बाढी, डुबान, पहिरो, भूक्षय र यातायात अवरुद्ध हुने सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी गर्न विशेष आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय