लोकेन्द्र कठायत, डोटी / हरेक कुरामा सरकारको मुख ताक्नु भन्दा “युवाहरु जुटे, देश जुट्छ” भन्ने मान्यताका साथ डोटी जिल्ला दिपायल सिलगढी नगरपालिका बडा नं. ४ कुमालीकोटका युवाहरुको सामाजिक कार्यमा अग्रसर भएका छन् ।
कोरोना कहरका कारण मुलुक भर बन्दाबन्दी चलिरहेको समयलाई सदुपयोग गर्दै कुमालीकोटका युवाहरुले उक्त नगरपालिकाको बडा नं. ४ कुमालीकोट गाँउको विचभागमा रहेको धार्मिम पर्यटकिय महत्वको भगवती मन्दीरको पुननिर्माण गर्न थालेका हुन् । उक्त मन्दिरको ९० प्रतिशत काम सम्पन्न भईसकेको अभियानमा जुटेका युवाहरुको भनाई छ ।

अहिले स्कुल कलेज, अफिस, ब्यापार व्यवसाय बन्दाबन्दी जस्तै रहेको समयको सदुपयोग गर्दै आफुहरुले उक्त समयमा सदुपयोग गर्दै भगबती मन्दिर निर्माण कार्यमा जुटेको उनीहरु बताउन्छन् । सरकारले मठमन्दिरका नामका करोडौ रकम खर्च गरि रहेको समयमा त्यहाँका युवाहरुले आफ्नै लगानीमा मन्दिर निर्माण गर्ने उद्घोष संगै निर्माण कार्यमा जुट्दा स्थानिय समाजसेवी बुद्धि जिविहरुको समेत सहयोग प्राप्त भएको भगवती मन्दिर बिकास समितीका अध्यक्ष भोज बहादुर कठायत बताए । उनले भने, “हामी युवाहरु आफ्नै लगानीमा मन्दिर निर्माण गर्छौ भनेर जुट्यौ हाम्रो अभियानलाई सहयोग स्थानिय र केहि समाजसेवीहरुले समेत सहयोग गर्नु भयो ।”
अध्यक्ष कठायतले थपे, “सरकारको मात्र मुख ताक्छौ हामीहरु । आफैं बनाउने निर्णय गर्यौ । आफुले लगानी गरेको ठाउँको माया पनि बढ्छ, प्रेम रहन्छ । यसैले पनि हामीले आफ्नो लगानीमा मन्दिर निर्माण कार्यको थालनी गर्यौ ।”

भाद्र ७ गते शुभारम्भ गरिएको मन्दिर निर्माणको कार्यको मध्ये तिर पुगेको सदस्य भरत कठायतले बताए । भरत भन्छन्, “मन्दिर घेरवार र मुल गेटको काम ९० प्रतिशत सकिएको छ । अब हामीले मन्दिर निर्माणको कार्य थालनी गरेका छौ । आउदो दशै सम्ममा मन्दिरको सम्पुर्ण निर्माण कार्य सम्पन्न हुनेछ ।”
मन्दिर निर्माणका लागी सम्पुर्ण रकम आफुहरुले नै जुहो गर्ने भनी अभियान थालनी गरेको भए पनि पछिल्लो समय स्थानिय संगसंगै सहयोगी मनहरुले आफुहरुलाई सहयोग गरेको निर्माण समितिका कोषाध्यक्ष प्रकाश कठायतले बताए । प्रकाश भन्छन्, “हाम्रो अभियानलाई सहयोगी मनहरुले अहिले सम्म करिब ६ लाख जती सहयोग गरि सक्नु भएको छ । सुरुमा हामी युवाहरुको खल्तीबाट नै मन्दीर निर्माण गर्ने भनी हामीले काम थालनी गरेका हौ । पछिल्लो समय मन्दिर निर्माण जस्तो पवित्रकार्यका लागी सहयोगीहतहरुको समेत सहयोग प्राप्त भएको छ ।” देश विदेशमा रहेका स्थानिय तथा सहयोगी मनहरुले मन्दीर निर्माणमा सहयोग गरि रहेको प्रकाशको भनाई छ ।

जुटेको रकमले मन्दिर निर्माण, मन्दिर परिषर भित्र शुद्धपिउने पानी, स्नानगृह, शौचालय, भजन मण्डली, नयाँ मुर्ति प्रतिस्थापन, पुष्पवाटीका लगायतका कार्यहरु सम्पन्न हुने भगबती मन्दिर निर्माण समितिले जानकारी दिएको छ । मन्दिर निर्माणको कार्य सम्पन्न भए पश्चात आफुहरुले अन्य सामाजिक निर्माणका कार्यहरु पनि गर्ने अध्यक्ष भोज वहादुर कठायतले बताए । उक्त मन्दिर निर्माणका लागी स्थानिय मेख बहादुर कठायतले जग्गा दान गरेका हुन् ।












