कञ्चनपुर – सर्पको टोकाइबाट कञ्चनपुरमा एक महिला घाइते भएकी छन्।
घाइते हुनेमा बेलौरी नगरपालिका–५, रामनगर निवासी २५ वर्षीया यसोदा साउँद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार यसोदा साउँदलाई घर नजिकैको धानको खेतमा गोडाइ गर्ने क्रममा सर्पले टोकेको थियो। घाइते साउँदको हाल बेलौरीस्थित ईशान अस्पतालमा उपचार भइरहेको छ।











