सिलगढी — जल तथा मौसम विज्ञान विभागले देशका उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
यससँगै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने पनि सम्भावना रहेको विभागले जनाएको छ।
आज रातिसमेत ती प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।











