कैलाली, साउन
कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा जिल्ला अदालत कैलालीले २०८० पुस १२ गते १५ दिन कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
उक्त फैसलापछि फरार रहेका २५ वर्षीय दीपक धामीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले बिहीवार घरमै पुगेरे पक्राउ गरेको हो।
धामीलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।











