युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी, साउन १ — सौरमासअनुसार सूर्यले मिथुन राशिको यात्रा समाप्त गरी कर्कट राशिमा प्रवेश गर्ने दिनका रूपमा मानिने साउने सङ्क्रान्ति आज देशभर विविध धार्मिक र सांस्कृतिक गतिविधि सहित मनाइँदै छ।

साउन १ गते पर्ने यो पर्वबाट सूर्यको दक्षिणायन सुरु हुने मानिन्छ। धर्मशास्त्रअनुसार, माघ १ देखि सुरु हुने उत्तरायण र साउन १ मा सुरु हुने दक्षिणायनलाई विशेष महत्व दिइन्छ।

साउने सङ्क्रान्तिका अवसरमा स्नान, दान र आफन्तजनसँग रमाइलो गर्ने परम्परा रहेको छ। खासगरी किसानहरूका लागि यो पर्व विशेष रहन्छ, किनभने असार महिनाभर कृषि कार्यमा व्यस्त रहने उनीहरू साउन १ मा थकाइ मार्दै स्वास्थ्य लाभका उपाय गर्ने चलन रहिआएको छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, हिलो र मैलोको सम्पर्कले लाग्ने छालाका रोग निको पार्न साउन १ गते ‘लुतो फाल्ने’ प्रचलन रहिआएको हो। परम्पराअनुसार यस दिन कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पातीजस्ता वनस्पतिहरू राखेर ‘कण्डारक’ नामका राक्षसको पूजा गरी अगुल्टो हानिन्छ।

यस अवसरमा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन छ।

साउन महिना भगवान् शिवको आराधना गर्ने पवित्र महिना मानिन्छ। यस महिनाभर महिला तथा युवतीहरू हरियो चुरा, हरियो र रातो पहिरनमा सजिएर प्रकृति र समर्पणको प्रतीक प्रस्तुत गर्छन्। बजारमा पनि हरियो चुरा र कपडाको बिक्री उल्लेखनीय रूपले बढ्ने गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय