कञ्चनपुर – कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणीमा जङ्गली च्याउ खाँदा एकै परिवारका आमा र छोरी बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जङ्गलबाट ल्याइएको च्याउ खाँदा देवा देवी चौधरी र उनकी १८ वर्षीया छोरी सङ्गीता चौधरी बिरामी परेका हुन्। विषालु च्याउ सेवन गरेका कारण उनीहरूलाई स्वास्थ्य समस्या देखिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिएअनुसार दुवैजनाको अहिले सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ। हाल उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रहरीले जङ्गली च्याउ सेवन गर्दा विषाक्त हुने सम्भावना हुने भएकाले यस्ता च्याउ सेवन नगर्न सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।











