धनगढी / बझाङ — फरार रहेका दुई जना सजाय पाएपछि लुकिरहेका प्रतिवादीहरू कैलाली र बझाङबाट पक्राउ परेका छन्। पक्राउ परेकामध्ये एक जना लागुऔषध मुद्दामा र अर्का काठ ओसारपसारसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए।
जिल्ला अदालत कैलालीले २ महिना कैद र तीन हजार रुपैयाँ जरिवाना तोकेको धनगढी उपमहानगरपालिका–१० निवासी १८ वर्षीय एक किशोरलाई मंगलबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोक क्षेत्रबाट पक्राउ गरेको हो।
त्यस्तै, जिल्ला अदालत बझाङले २०७७ साउन २० गते गरेको फैसलाअनुसार २ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका केदारस्यु गाउँपालिका–६ निवासी ३४ वर्षीय डबल धामी पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट बागथलाबाट खटिएको प्रहरी टोलीले धामीलाई मंगलबार घरबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार दुवैलाई अदालतको फैसलाअनुसार आवश्यक कैद भुक्तान र जरिवाना तिर्न जिल्ला अदालतमा पेश गरिएको छ।











