कैलाली — बैंकिङ कसुर मुद्दामा दोषी ठहर भइ ४० लाख ५० हजार रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय तोकिएकी कैलालीकी कुवर पक्राउ परेकी छन्।
जिल्ला अदालत कैलालीको फैसलापछि फरार रहेकी गोदावरी नगरपालिका–३ मालिका टोलकी ३० वर्षीया ममता खड्का कुवरलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।
प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कैलालीमा पेस गरेको जनाएको छ।











