युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर /शुक्लाफाँटा नगरपालिका–१० स्थित सनवोरा नदीमा बाँस प्रयोग गरी तीन सय मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माण गरिएको छ। मनसुन सक्रिय भएसँगै खेलमैदान, नयाँ कभर्ड हल र नदी किनारका बस्तीलाई संरक्षण गर्ने उद्देश्यले यो कार्य अघि बढाइएको नगरपालिकाको पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले जानकारी दिनुभयो।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत भई एक सय दिनको रोजगारीका लागि छनोट भएका स्थानीय बासिन्दाहरूलाई परिचालन गरेर बाँस गाडी, बाँसकै छेस्का बुनेर जैविक तटबन्ध निर्माण गरिएको शाखा प्रमुख धामीले बताउनुभयो। दक्ष कामदार, मेसिनरीको भाडा, इन्धन खर्च र बाँस खरिदलगायतका लागि नगरपालिका बजेटबाट पाँच लाख रुपैयाँ खर्च भएको छ।

धामीका अनुसार जैविक तटबन्ध निर्माणपछि खेलमैदान र कभर्ड हल क्षेत्रको जग्गा भूक्षयबाट सुरक्षित हुने विश्वास छ। साथै, नदी किनारकै खल्ला बस्तीका बासिन्दालाई पनि बाढीको जोखिमबाट जोगाउन मद्दत पुग्ने उहाँको भनाइ छ। “बाँसको जैविक तटबन्ध उपयोगी, वातावरणमैत्री र कम लागतमा बन्ने भएकाले कटान रोक्न र नदी किनारको प्राकृतिक पुनःस्थापना गर्न उपयुक्त हुन्छ,” धामीले बताउनुभयो।

नगरपालिकाले जैविक तटबन्ध निर्माणसँगै नदी किनारका क्षेत्रमा बोट बिरुवा र घाँसपात रोप्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो। “घाँस र बोटबिरुवाको जराले माटो बाँधेर राख्ने भएकाले भूक्षय नियन्त्रणमा मद्दत पुग्छ,” धामीले भन्नुभयो।

यसैबीच, भूक्षयको उच्च जोखिममा रहेका ठाउँमा जलस्रोत तथा सिँचाइ विभागको रु १५ लाखको लागतमा ९० मिटर क्षेत्रफलमा तारजाली र ढुङ्गाको तटबन्ध पनि निर्माण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय