बैतडी /बैतडीको सिगास गाउँपालिका–२ मा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ । सनेही ठाउँ खोल्टेकी ५० वर्षीया तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हाे । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामी घर नफर्केपछि खोजी गर्दा भीरबाट करिब एक सय मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ।
तारादेवी धामीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन्।











