डडेल्धुरा
डडेल्धुराकाे परशुराम नगरपालिका–५ जाेगबुडा स्थित परिगाउँमा सिँचाइ कुलोमा लडेर एक महिलाको निधन भएको छ। स्थानीय ५५ वर्षीया धनादेवी बिष्ट सोमबार बेलुकी घरनजिकैको खेतमा पानी लगाउन गएकी थिइन्। लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उहाँ सिँचाइ कुलोमै लडेकी अवस्थामा भेटिएकी थिइन्।
उहाँका श्रीमान कृष्णबहादुर बिष्टका अनुसार, धनादेवी कुलोमा लड्दा टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै परिवारले तत्कालै जोगबुडा अस्पताल पुर्याए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेकाे इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । प्रहरीका अनुसार मृतकको निधारमा गहिरो चोट र खुट्टामा गम्भीर चोट देखिएको छ।











