कञ्चनपुर असार ८
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० शुकासालमा आगलागी हुँदा करिब १ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
शनिबार महेश लुहारले सञ्चालन गर्दै आएको कुखुरा मासु पसलमा ग्यास चुहावटका कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कुखुराको मासु पोल्ने क्रममा ग्यासको पाइपबाट निस्केको ग्यासले आगो सल्किएको बताइएको छ।
आगलागीका कारण पसलभित्र रहेका डि–फ्रिज, पंखा लगायतका विभिन्न सामग्री जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रणमा आइसकेको र मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।











