डोटी, जेठ २९ – डोटी जिल्लाको शिखर नगरपालिका–११, सिमारमा घाँस काट्ने क्रममा एक महिला अरिङ्गालको टोकाइबाट घाइते भएकी छन्।
स्थानीय ५२ वर्षीया ईशरा देवी बलायरलाई आज साँझ करिब ६ बजे घरनजिकैको जंगलमा घाँस काट्दै गर्दा अरिङ्गालले टाउको र शरीरका विभिन्न भागमा टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।
घाइते बलायरलाई तत्कालै उपचारका लागि साँझ शैलेश्वरी अस्पताल, दिपायलमा पुर्याइएको थियो। अस्पतालका अनुसार अहिले उहाँको अवस्था मध्यम छ।











