कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित ट्याङ्ना खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक घोडाघोडी नगरपालिका–४, रामपुरका ३२ वर्षीय नरेश रतोकी हुन्। उनी श्रीराम सामुदायिक वनअन्तर्गतको ट्याङ्ना खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।











