कैलाली, – कैलाली जिल्लाको गोदावरी नगरपालिका-१२ ओलानीका सर्पकाे टाेकाइबाट एक महिला घाइते भएकी छन् । स्थानीय ३० वर्षीया सोनादेवी तिर्वा सर्पको टोकाइबाट घाइते भएकी हुन् । सोमबार, उनले जङ्गलमा घाँस काट्न गएका बेला सर्पले टोकेको थियो।
घाइते सोनादेवीलाई तत्कालै सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएर उपचार सुरु गरिएको छ।











