कञ्चनपुर /कञ्चनपुरको बेलौरी नगरपालिका स्थित पचुइ प्रहरी चौकीका इन्चार्ज धीरबहादुर चन्दमाथि दिनदहाडै कुटपिट भएको छ। सामान जाँचको क्रममा स्थानीय हार्डवेयर व्यवसायी र तस्करीमा संलग्न रहेको आरोप लागेका राहुल रानाको समूहसँग विवाद हुँदा प्रहरीले आक्रमण भोग्नु परेको हो।
विवाद चेकजाँचका क्रममा सुरु भएको थियो र त्यसपछि राना समूहले प्रहरीमाथि अभद्र व्यवहार गर्दै हातपात गरेको प्रहरी स्रोतले जनाएको छ। घटनापछि चौकीमा तनावको अवस्था बनेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले तस्करविरुद्ध कडा कानुनी कारबाही गरिने बताए।











