कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट लागूऔषध खैरो हेरोइनसहित तीन युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–३ बल्मीका २२ वर्षीय आशिष राना, कृष्णपुर नगरपालिका–२ बाणीका २४ वर्षीय सुरेश खुना र बर्दिया गुलरिया नगरपालिका–१२ टपरीका ३५ वर्षीय श्याम चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई २ ग्राम ६७० मिलीग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।











