डोटी, जेठ २२
डोटीको दिपायल सिलगढी नगरपालिका–९ कुण्डासैनस्थित भुवा सामुदायिक वन क्षेत्र झिग्राना–सिलगढी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
दुर्घटनामा परेर घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१३, कैलालीका करिब ४० वर्षीय डिल्ली राज भट्ट र साेही ठाउँका पछाडि सवार २९ वर्षीय लोकराज ओझा रहेका छन् । डाेटी प्रहरीका अनुसार चालक भट्टकाे स्वास्थ्य अवस्था गम्भीर छ भने ओझाकाे अवस्था मध्यम रहेकाे छ ।
आज (बिहीबार ) साँझ ५:२५ बजे तिर झिग्राना बाट सिलगढी तर्फ आउदै गरेकाे सु.प.प्र. ०१–००९ प ४४०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे हाे । मोडमा मोटरसाइकलको ब्रेकले काम नगरेपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। सवारी सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते दुवै जनाको जिल्ला अस्पताल डाेटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।











