बाजुरा — बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका गौमुल गाउँपालिका–१ अमलेसकी २७ वर्षीया मञ्जु रोकाया पक्राउ परेकी छन्।
जिल्ला अदालत बाजुराले रोकायालाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। तर उनी फैसला कार्यान्वयन हुनु अघि फरार रहेकी थिइन्।
इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरी टोलीले उनलाई शनिवार आफ्नै घरबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, रोकायामाथि श्रीमान् हुँदाहुँदै पुनः विवाह गरेको अभियोग थियो। अदालतको फैसलापछि उनको खोजी जारी थियो।











