सिलगढी / कैलाली र कञ्चनपुर जिल्लामा प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–१८ नक्लीपुर र भजनी नगरपालिका–९ भुरुवाबाट प्रहरीले १ लाख ५ हजार ४ सय रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको हो। ती सामानहरू भारतबाट तस्करी गरी ल्याइएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय, कैलाली मातहतको टोलीले उक्त कारबाही गरेको हो।
यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट प्रहरीले १ लाख ४ हजार ३ सय रुपैयाँ मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर अन्तर्गतको टोलीले शुक्रबार ती सामान बरामद गरेको हो।











