युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी — डोटीको बोगटान फुड्सिल गाउँपालिकाले “समृद्ध बोगटान” अभियानअन्तर्गत शुक्रबार एक भव्य समारोहका बीच मातृभूमि महोत्सव सम्पन्न गरेको छ।

गाउँपालिका–५ स्थित खत्याडी माध्यमिक विद्यालय, चमरा चौतारामा आयोजित महोत्सवको उद्घाटन पालिका अध्यक्ष कमल बहादुर गड्सिलाले गरेका थिए। उनले महोत्सवले देश–विदेशमा रहेका बोगटानवासीलाई भावनात्मक रूपमा जोड्ने विश्वास व्यक्त गर्दै समृद्धिका लागि कला, संस्कृति, पर्यटन र उत्पादन क्षेत्रलाई जोड्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा विभिन्न वक्ताहरूले बोगटान फुड्सिलको मौलिकता, सांस्कृतिक धरोहर र विकासका सम्भावनाहरूमा विचार राखेका थिए। विशेष अतिथिका रूपमा सहभागी मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले स्थानीय पहिचान र संस्कृतिको संरक्षणमा जोड दिँदै आफ्ना कृतिमा बोगटानको माटोको सुगन्ध पाइने अनुभव सुनाए।

चर्चित गायक तथा लेखक यज्ञराज उपाध्यायले हराउँदै गएको लोकसंस्कृति र संस्कारप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थीस्तरमै परम्पराको शिक्षा आवश्यक रहेको बताए।

विद्यार्थीलाई साहित्यिक सामग्री वितरण
त्यस्तै महाेत्सवकाे अवसरमा पालिकाले कक्षा ६ माथिका करिब १,३०० विद्यार्थीलाई ‘बाआमा’ आख्यान र सबै विद्यालयलाई ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ पुस्तक वितरण गरेको छ।
साथै, अन्तर्राष्ट्रिय स्तरमा बोगटानको नाम चिनाएका क्रिकेटर लोकेश बमलाई नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको छ।

कार्यक्रममा पालिकाभित्रका सबै विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय प्रतिनिधि र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय