युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, कैलाली — भारतबाट भन्सार छली गरी ल्याइएका अवैध सामानसहित कैलालीका दुई स्थानबाट चार जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। केही स्थानबाट भने अवैध सामान वेवारिसे अवस्थामा बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँबाट प्रहरीले ८० हजार ८५० रुपैयाँ बराबरको चिनी, बिडी, सुर्ती, चियापत्ती, कुर्ती सेट, कट्टु, टप्स आदि सामानसहित २७ वर्षीया दिपिका चौधरी र ३४ वर्षीया हस्मिता चौधरीलाई पक्राउ गरेको हो।

त्यस्तै, धनगढी उपमहानगरपालिका–१३ स्थित राजपुर चोकबाट भन्सार छली गरी ल्याइएका एक लाख ४० हजार ७५० रुपैयाँ बराबरका चिनी, दाल, कुर्ता सुरुवाल, कट्टु, वानपिस, प्लास्टिक झिल्लीसहित गोदावरी नगरपालिका–१ की ५८ वर्षीया पार्वती पन्त र ४० वर्षीया ईश्वरी बुढालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

सोमवार दिउँसो टीकापुर नगरपालिका–७ स्थित भ्युटावर नजिकैबाट प्रहरी चौकी कालाकुण्डाको गस्ती टोलीले ३७ हजार ६८५ रुपैयाँ बराबरका आयुर्वेदिक तथा भिटामिन औषधी वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–२, दोधारा चाँदनी नगरपालिका–१ को फोर लाइन सडक किनारा, पट्टरखल्ला क्षेत्र र लालझाडी गाउँपालिका–१ नौरंगा सिद्दबाबा सामुदायिक वन नजिकबाट प्रहरीले तीन लाख ८८ हजार ७१० रुपैयाँ बराबरका भन्सार छली गरिएका सामान बरामद गरेको छ।

बरामद भएका सामानमा चिनी, खाने तेल, सुटपिस, कुर्ती, पाइन्ट, लेहँगा, इनभर्टर, बोइलर कुखुरा लगायत रहेका छन्। यी सबै सामग्री जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी इकाइहरूको गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय