डोटी, २०८२ जेठ ५ – डोटीको पूर्वीचौकी गाउँपालिका–२ वाडीमा आज साँझ परेको चट्याङले दुई जना घाइते भएका छन्।
झ्यालमा बसिरहेकी ४० वर्षीय देउमती साउँद आफ्नै घरमा चट्याङको चपेटामा परेकी हुन्। उनको पेट र अनुहारमा चोट लागेको छ र अवस्था गम्भीर रहेको प्रहरीले जनाइएको छ।
साे घटनाको समयमा नजिकै रहेकी अर्की ३५ वर्षीय महिला अस्मिता ओली बिष्टको दायाँ पाखुरामा चोट लागेको छ। उनी बगलेक स्वास्थ्य चौकी, डोटीमा अ.न.मी. (अनमी) पदमा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनको अवस्था मध्यम रहेको डाेटी प्रहरीकाे भनाइ छ ।
प्रहरीका अनुसार घाइते दुवै जनालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल डोटीतर्फ लैजाँदै गरिएको छ। घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
स्थानीयवासीहरूका अनुसार चट्याङ परेको समयमा मौसम अकल्पनीय ढंगले बिग्रिएको थियो। घटनाले गाउँमा त्रास फैलिएको छ।











