डोटी, जेठ १ – डोटीको आदर्श गाउँपालिका–२ कोटान्जरमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक किशोरी घाइते भएकी छन्।
स्थानीय १८ वर्षीया सरिता साउँद सोमबार साँझ ६ बजे घर नजिकैको अमराको रुखमा डाली घाँस काट्ने क्रममा लडेर घाइते भएकी हुन्। घाइते साउँदको टाउको, निधार, दायाँ आँखाको आसपास र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि उनलाई राति १२:३० बजे उपचारका लागि डोटीको सुजङ अस्पताल राजपुरमा पुर्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।











