कैलाली /धनगढी उपमहानगरपालिका–४ रातोपुलमा चार्जिङमा राखिएको एक विद्युतीय स्कुटरमा अचानक आगलागी भएको छ।
सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको उक्त स्कुटर शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाले प्रयोग गर्दै आएका थिए। सोमवार चार्जिङका क्रममा स्कुटरमा आगो लागेको र पूर्णरूपमा जलेर नष्ट भएको प्रहरी स्रोतले जनाएको छ।
शुक्लाका अनुसार उनले उक्त स्कुटर तीन वर्षअघि २ लाख २० हजार रुपैयाँमा खरिद गरेका थिए। स्कुटर जलेपछि उनलाई ठूलो आर्थिक क्षति पुगेको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।











