
कैलाली /कैलालीको घोडाघोडी नगरपालिका–२ जनकपुरमा मोटरसाइकल र हायस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृतक मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमबार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका कडायतलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
हायस चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।