कैलाली /धनगढी उपमहानगरपालिका–६ मटियारी निवासी अभिषेक शाहीको भारतमा स्कुटर दुर्घटनामा परेर मृत्यु भएको छ।
शाही भारतको पलिया जाँदै गर्दा लखिमपुर जिल्लाको दुधुवा नेशनल पार्क सडकखण्डमा स्कुटर अनियन्त्रित भई दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा शाहीको घटनास्थलमै मृत्यु भएको हो। स्कुटरमा उनीसँगै सवार अर्का एक युवक घाइते भएका छन्। उनको उपचार कैलालीको माया मेट्रो अस्पतालमा भइरहेको छ।











