डोटी, वैशाख २८ — डोटीको के.आई. सिंह गाउँपालिका–४ बाजकोटमा शनिवार साँझ साइकल दुर्घटनामा परी एक १३ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बाजकोटका सुशील बिष्ट वायल बजारबाट साइकलमा घर फर्किने क्रममा सडकबाट करिब २० मिटर तल खस्दा गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएको थियो। तर, जाँचपछि डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।











