युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

नयाँदिल्ली/इस्लामाबाद — भारत र पाकिस्तानबीचको तनाव थप चुलिँदै गइरहेका बेला नियन्त्रण रेखाको दुवै पक्षमा आरोप–प्रत्यारोप, आक्रमणको दाबी र कूटनीतिक प्रयासहरू जारी छन्। पछिल्ला घटनाक्रमले क्षेत्रीय सुरक्षामा गम्भीर चिन्ता थपिएको छ।

ड्रोन आक्रमण र मानव क्षति

पाकिस्तानी सेनाले बिहीवार भारतले आक्रमणकारी ड्रोन पठाएको र त्यसबाट कम्तीमा दुई पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ। सेनाले आफ्नो आकाशमा २५ वटा भारतीय ड्रोन खसालिएको पनि जनाएको छ।

उता भारतले पाकिस्तानले जम्मु क्षेत्रका अखनूर, साम्बा, कठुआ लगायतका स्थानमा आक्रमण गरेको आरोप लगाएको छ। साथै, पठानकोट, उधमपुर र जम्मुका सैन्य केन्द्रहरूमा मिसाइल र ड्रोन आक्रमण भएको दाबी पनि भारतीय पक्षले गरेको छ।

पाकिस्तानी पाइलटको गिरफ्तारीको खबर

भारतीय सञ्चार माध्यमहरूले जैसलमेर नजिक पाकिस्तानी लडाकु विमानका एक पाइलट इजेक्ट भएपछि उनलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको दाबी गरेका छन्। तर पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तारडले यो दाबी अस्वीकार गर्दै पाकिस्तानले कुनै आक्रमण नगरेको स्पष्ट पारेका छन्।

अन्तर्राष्ट्रिय चिन्ता र कूटनीतिक पहल

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भारत र पाकिस्तान दुवैका नेताहरूसँग फोन संवाद गरी तत्काल तनाव कम गर्न आग्रह गरेका छन्। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रूसले यो जानकारी दिएकी हुन्।

यसैबीच, अमेरिकास्थित पाकिस्तानी राजदूत रिजवान सईद शेखले भारत र पाकिस्तानबीच सुरक्षा तहमा सम्पर्क भएको पुष्टि गर्दै तनाव न्यूनीकरणको जिम्मेवारी भारतमा रहेको बताएका छन्। तर, उनले जनस्तरबाट सरकारमाथि दबाब बढिरहेको पनि बताएका छन्।

खेलकुदमा असर, पीएसएल युएई सर्ने

भारतसँगको बढ्दो तनावका बीच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेल युनाइटेड अरेब इमिरेट्स (यूएई) सार्ने निर्णय गरेको छ। पीसीबी अध्यक्ष मोहसिन नकवीले खेलाडीको सुरक्षालाई प्राथमिकता दिँदै यो कदम चालिएको जनाएका छन्।

अन्तर्राष्ट्रिय प्रतिक्रिया

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मिसाइल आक्रमणमा निर्दोष नागरिकको मृत्युप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग हालै टेलिफोन संवाद गरेको पनि खुलाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय