युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी /बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटनामा पर्दा आठ जनाको ज्यान गएको छ भने ४५ जना घाइते भएका छन्।

पुर्चौडी–७ कै भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक कुमार रायले जानकारी दिए।

प्रहरीका अनुसार बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये बझाङका सात र बैतडीकी एक महिला रहेका छन्।

मृतकमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेश राज जोशी रहेका छन्। त्यसैगरी बझाङकै केदारस्युँ गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतला तथा बैतडीको पुर्चौडी नगरपालिका–७ की पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ४५ जनाको सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

उकालो र मोड भएको सडक खण्डमा अत्यधिक भारका कारण बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय