धनगढी — बैङ्किङ कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय नैनबहादुर साउद रहेका छन्।
जिल्ला अदालत कैलालीले साउदलाई बैङ्किङ कसुरसम्बन्धी मुद्दामा ५ दिन कैद र १ लाख १० हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। अदालतको फैसला पछि फरार रहेका साउदलाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–४ स्थित सहिद गेटबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई आवश्यक कानुनी कारबाहीका लागि अगाडि बढाइएको छ।











