धनगढी — धनगढीका एक व्यक्ति लेनदेन मुद्दामा अदालतबाट कैद सजाय पाएबखतदेखि फराररहेका आखिरकार आफ्नै घरबाट पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीले धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक निवासी ४५ वर्षीय दानबहादुर साउदलाई २ वर्ष कैद हुने फैसला सुनाएको थियो। तर फैसलापछि उनी फरार रहेका थिए।
बुधवार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई लुकिछिपी बसेकै अवस्थामा घरमै भेटेर पक्राउ गरेको हो।
प्रहरीका अनुसार, साउदमाथि अब अदालतको आदेशअनुसार थप कानुनी प्रक्रिया अघि बढाइनेछ।











