धनगढी — बैंकिङ कसुरको मुद्दामा अदालतबाट जरिवाना र कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१८ का ५३ वर्षीय विरबहादुर देउवा पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाअनुसार देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिवाना तथा ३ महिनाको कैद सजाय सुनाइएको थियो। अदालतको निर्णयपछि उनी लामो समयदेखि फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहले प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए।











