कैलाली — जबरजस्ती करणी र मानव बेचबिखनजस्ता गम्भीर अपराधमा फरार रहेका दुई जना आखिरकार प्रहरीले समातेका छन्।
जबरजस्ती करणी मुद्दामा ६ महिनाको कैद सजाय सुनाइएपछि फरार रहेका कैलारी गाउँपालिका–७ निवासी १३ वर्षीया एक किशोर र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद तोकिएका लम्कीचुहा नगरपालिका–९ सोहनपुरका ५९ वर्षीय बदलु चौधरीलाई सोमवार पक्राउ गरिएको हो।
उनीहरूलाई जिल्ला अदालत कैलालीको फैसलापछि फरार रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको टोलीले समातेको प्रहरीले जनाएको छ।











