कञ्चनपुर — लागूऔषध चरेश सम्बन्धी मुद्दामा फरार एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कञ्चनपुरले २०७९ जेठ ११ गते दिएको फैसलाअनुसार १ महिना १२ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेका भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ४७ वर्षीय भानदेब भट्टलाई पक्राउ गरिएको हो।
प्रहरी चौकी जिमुवाबाट खटिएको टोलीले उनलाई सोमवार उनकै निवासबाट पक्राउ गरेको जनाइएको छ।











