धनगढी / धनगढीमा कार्यरत ६ जना र कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा कार्यरत ५ जना गरि सशस्त्र प्रहरीका थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
विहिबार गरिएको परिक्षणमा उक्त संख्याका सुरक्षाकर्मिहरुमा कोरोना संक्रमण देखिएको प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयले जनाएको छ । यस अघि गत बिहिबार गणमा कार्यरत ३७ जनामा संक्रमण पुष्टि भएको थियो भने अघिल्लो बुधबार चार जनामा संक्रमण देखिएको थियो ।