बैतडी — संस्कृत शिक्षाको विस्तार र सनातन परम्पराको जगेर्नाका लागि बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित ग्वाल्लेकधाम नजिक ‘शिवशक्ति वेद–वेदाङ्ग संस्कृत गुरुकुलम्’ सञ्चालनमा ल्याइएको छ।
गुरुकुलका संरक्षक तथा निङ्गलाशैनी मन्दिरका पूजारी लोकराज भट्टका अनुसार गुरुकुल सुयोग्य नागरिक उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। गुरुकुल स्थापना लागि स्थानीय समाजसेवी शङ्कर बोहराले जग्गा दान गरेका हुन्।
गुरुकुलको प्रमुख संरक्षक लवदेव पाण्डेय छन् भने अन्य संरक्षकमा लोकराज भट्ट र सुशील पाण्डेय रहेका छन्। केही बालबालिका गुरुकुलमा भर्ना भइसकेका छन्।
उद्घाटन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।











