कैलाली, वैशाख १८ – कैलाली जिल्लाको कैलारी गाउँपालिका–३ हसुलियामा गोरुले हान्दा एक वृद्धको ज्यान गएको छ।
घरमै पालेको गोरुले हानेपछि ७८ वर्षीय भुखाली डगौरा थारू गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो।
घटनापछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।











