डोटी, बैशाख १७ – डोटीको बेलखर्कमा दुई व्यक्ति बिच झैझगडा हुँदा एक जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–११ सिमखोली घर भई हाल वडा नं. ८ बेलखर्कमा पसल सञ्चालन गर्दै आएका करिब ३७/३८ वर्षीय तारा बलायरले सोही वडाको गोपघाट बस्ने करिब २७/२८ वर्षीय साजन बलायरमाथि कुटपिट गरेको हाे । मंगलबार साँझकाे समयमा दुई जनाबीच आपसी विवाद हुदाँ तारा बलायरले साजन बलायरलाई कुटपिट गर्दा उनको दायाँ हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
घाइते साजन बलायरलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। हाल उनको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि कुटपिटमा संलग्न तारा बलायर पनि उपचारमा संलग्न छन्











